टानको अध्यक्षमा सागर पाण्डे विजयी !

पर्यटन राजनीति समाचार

भाद्र १८ मंगलबार,२०८१/काठमाडौं-
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा चर्चित पर्यटन व्यवसायी सागर पाण्डेले जितेका छन् ।

सोमबार काठमाडौंमा भएको निर्वाचनमा सागर पाण्डेले राजेन्द्र सापकोटालाई १०० मतको अन्तरले पराजित गरेका हुन । मत परिणाम अनुसार पाण्डेले ५८० मत हासिल गरेका थिए भने सापकोटाले ४८० मत प्राप्त भएको थियो । करिब १३९७ मतदाता भएको टानमा यसपालि ११०४)९ मत खसेको थियो ।

महसचिवममा पाण्डे प्यानलकै सोनाम ग्यल्जेन शेर्पाले राजेन्द्रको टिमको राजेन्द्र प्रसाद सुबेदीलाई हराउदै जीत हासिल गरेका हुन ।

त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् ।

साथै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।

सदस्यहरूमा पवित्रा तामाङ, अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

यसपालिको टानको निर्वाचनमा सापकोटा प्यानलमा सत्तारुढ नेपाली काङ्ग्रेस र नेकपा एमाले निकट पर्यटन व्यवासायी थिए भने पाण्डे आफै माओवादी केन्द्सँग आबद्ध छन र उनको समुहमा बिद्रोही नेपाली काङ्ग्रेस, एकीकृत समाजबादी र राष्ट्रिय स्वतन्त्र पार्टीका व्यवसायी थिए ।

नेपालको पर्यटन जगतमा हावी रहेको धादिङ जिल्लाका व्यवसायीहरुले गोर्खाका पाण्डेलाई निर्वाचित गराए, जबकी उनका प्रत्याशी सापकोटा धादिङका हुन ।

पाण्डे टानका पुर्व महासचिव भई सकेका ब्यक्ती हुन भने पर्यटनमा ३ दशक देखि काम गर्दै आएका छन ।