भाद्र १८ मंगलबार,२०७१/काठमाडौं-
राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अनुरुप गर्नु पर्ने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले मंगलबार सिंहदरबारमा बसेको बैठकमा विभिन्न मुलुकमा राजदूत सिफारिसबारे परराष्ट्रमन्त्रीसँग छलफल गर्दै राजदूत नियुक्ति निर्देशिका–२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकमा समिति सदस्य तथा सांसदहरुले राजदूत सिफारिसलाई पारदर्शी र विवादरहित बनाउनुपर्ने बताएका छन ।
समितिका सभापति राज किशोर यादवले राजदूत नियुक्ति निर्देशिका अनुसार समावेशी हुनु पर्नेमा सबै सांसदहरुले एकरुपताका साथ माग गरेको बताए । उनले परराष्ट मन्त्री आरजु राणा दुउबाको भारत भ्रमणबारे सकारात्मक टिप्पणी आएको पनि बताए ।
उता परराष्टमन्त्री राणाले राजदुत सिफारिसमा समावेशी सिद्धान्त अनुसार नै सिफारिस भएको बताइन । उनले राजदूत नियुक्त गर्दा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको पनि उल्लेख गरिन ।
