
भाद्र २३ आइतबार,२०८१/जाजरकोट-
जाजरकोटको बारेकोट गाउँपालिका ६ धुमा गाउँमा गए राति पहिरोले घर पुरिदा वडा सदस्य मायादेवी चलाउने र उनका श्रीमान राम बहादुर चलाउने बेपत्ता भएका छन ।
शनिबार राती करिब २ बजे पहिरोमा पुरिएर वडा सदस्य दम्पती बेपत्ता भएका हुन भने उनकि ११ वर्षकी छोरी सम्झना चलाउनेको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार हुँदै छ ।
घाइते सम्झनालाई आज बिहान सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको र उनको अवस्था चिन्तामुक्त रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी गराए ।
दुर्घटना हिजो राती भए पनि सञ्चारको समस्याका कारणले आज बिहान मात्रै प्रहरीलाई खबर भएको थियो ।
कार्यपालिका सदस्य चलाउने माओवादी केन्द्रबाट महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन । दुर्घटनाको समयमा पल्लो कोठामा सुतेकी चलाउनेकि भतिजी भागेर बाच्न सफल भएकी थिइन ।