
भाद्र २३ आइतबार,२०८१/रुकुम पुर्व-
नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश सभा सांसद धनबहादुर केसी पुरानो मुद्दाको सिलसिलामा पक्राउ परेका छन ।
डिबी नामले परिचित सांसद केसीले आफै रुकुम पूर्वस्थित जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेपछि आइतबार उनलाई कारागार चलान गरिएको हो ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीलाई रुकुम पश्चिमस्थित सदरमुकाम मुसिकोटमा रहेको कारागार पठाइएको छ । रुकुम पुर्वको सदरमुकाम टुंगो न लागेको अवस्थामा कारागार बनी न सकेकोले मुसिकोटस्थित कारागारमा राख्ने व्यवस्था मिलाइएको हो ।
जेठी श्रीमती राधा केसीसँग अंश मुद्दामा २०४८ सालमा उनलाई कीर्ते गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । उनी प्रहरीको फरार सूचीमा हुँदै नेपाली काङ्ग्रेसबाट २०७९ को चुनावमा प्रदेशका लागि टिकट पाएर रुकुम पूर्व क्षेत्र नं १ बाट निर्वाचित हुँदा समेत उनलाई पक्राउ गरिएको थिएन ।
म्यानपावर लगायतको व्यवसायी गर्दै आएका केसीले निर्वाचनमा निकै धनराशी खर्च गरेको बताइएको छ ।
आफ्नो पार्टी नेपाली काङ्ग्रेस सत्तामा हुँदा उनलाई तोकिएको एक बर्षमा बिशेष माफी गराएर ६ महिनामै छुट्ने योजना बनाएको बताइन्छ ।
यसैबिच संविधानमा भएको व्यवस्था अन्तर्गत उनको सांसद पद खारेज हुने व्यवस्था पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्