रुकुम पश्चिमममा मोटरसाइकल खोलाले बगाउँदा दुई जनाको मृत्यु !

अन्य समाचार

भाद्र २४ सोमबार,२०८१/रुकुम पश्चिम-
रुकुम पश्चिममस्थित मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको रम्माखोलामा गए राती बाढी आएपछि मोटरसाईकल बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

अविरल बर्षाका कारण आइतबार राती करिब ८:३० बजे तिर मोटरसाईकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा रम्मा खोलामा आएको बाढीले माेटरसाईकल बगाउँदा दुई जनाको घटना स्थलमै मृत्युु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार मोटरसाइकल चालक मुसिकोट-६ निवासी अन्दाजी ३२ बर्षीया निर्मला केसी थापा र
वडा नम्वर ४ का ५२ वर्षीय सर्जन पुनको मृत्युु भएको हो ।

घटना रातीको समयमा भए पनि प्रहरीले भने बिहान मात्र थाहा पाएको थियो । मृतक पुनको शव बाटोबाट करिब ३० मिटर तल र निर्मलाको करिब ३०० मिटर तल भेटिएको थियो । उनीहरू मासु लिएर फर्किदै गर्दा सो दुर्घटना भएको बताइन्छ ।