अनेरास्ववियू (क्रान्तिकारी) १ नं. प्रदेश कार्य समिति चन्द्र बहादुर माङ्मुको नेतृत्वमा गठन !

राजनीति समाचार

भाद्र २७ बिहीवार,२०८१/काठमाडौं-
अनेरास्ववियू (क्रान्तिकारी) १ नं. प्रदेश समितिको दोस्रो सम्मेलनबाट चन्द्र बहादुर माङ्मुको नेतृत्वमा ६१ सदस्यीय प्रदेश समिति गठन भएको छ ।

बुधबार चन्द्र बहादुर माङ्मु अध्यक्ष रहेको १३ पदाधिकारी सहितको कार्य समिती सर्वसम्मत प्रकृयाबाट गठन भएको हो ।

प्रमुख अथितिमा पार्टीका उपमहासचिव हरिबोल गजुरेल र विशेष अथितिमा संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह रहेको सम्मेलन
भाद्र २५ गते सुनसरीको धरानमा सम्पन्न भएको केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जनाए ।

यसैगरी नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की, प्रतिमा शाह र देव बाहिङ रहेका छन । प्रमुख सचिव मा १ जनाको मात्र उम्मेदवारी दर्ता भएकोले नयन राई निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै सचिव पदमा प्रदिप घिमिरे, आदेश थापा, हेमराज राई, लक्ष्मी मण्डल र ऋषिहाङ राई रहेका छन ।

कोषाध्यक्षमा भने छलफल गरि टुङ्गो लगाउने सहमति भएको छ । प्रदेश सम्मेलनमा ४४४ प्रतिनिधि (मतदाता) सहभागी भएका थिए ।

प्रदेशका सबै जिल्लामा सम्मेलन सम्पन्न भई सकेका छन ।