भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन !

राजनीति विश्व समाचार

भाद्र २७ बिहीवार,२०८१/नयाँ दिल्ली-
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ ।

नयाँ दिल्लीस्थित एम्स अस्पतालमा बिहीवार अपरान्ह ७२ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।

निमोनिया जस्तै छातीमा संक्रमण देखिए पछि उनलाई गत अगस्ट १९ देखि अस्पतालमा भर्ना गरिएको थियो । सन १९५२ मा दक्षिण भारतको चेन्नइ सहरमा जन्मिएका उनले बिध्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका थिए ।

तीन दशक देखि पार्टीका पोलिट ब्युरो सदस्य रहेका येचुरी सन २०१५ देखि महासचिव भएका थिए भने यो उनको दोश्रो कार्यकाल थियो ।

उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाका सांसद पनि बने ।

उनी पार्टीको बिध्यार्थी संगठन स्टुडेन्ट फेडेरेशन अफ इन्डियामा(SFI) मा १९७४ मा आबद्ध भएर सभापति भएका थिए । सोही कार्यकालमा उनले इन्दिरा गान्धीलाई चान्सलरको पदबाट राजीनामा दिन बाध्य बनाएका थिए ।

उनका छोरा आशिषको सन २०२१ मा कोरोना संक्रमणका कारणले निधन भएको थियो । उनकी श्रीमती र एक छोरी छन ।