
भाद्र २८ शुक्रबार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो सभापतिको पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
उक्त समितिको सभापतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारका रुपमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । शर्माको गृह जिल्ला कर्णाली प्रदेशको जाजरकोट रहेको छ ।
यसैक्रममा आफ्ना उम्मेदवारलाई जिताउन सहमतिका लागि प्रयास गर्ने र सम्भव न भएमा प्रकृयामा अघि बढने पनि निर्णय भएको छ ।
यसैगरी माओवादी केन्द्रले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको छ ।
समिति सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे हुने तालिका रहेको छ ।
यसैगरी ‘जनयुद्ध ‘ को अपमान हुनेगरी पटक पटक प्रतिनिधि सभामा अभिव्यक्ति आउने गरेको हुँदा अवरोध जारी राख्ने पनि निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्