अखिल (क्रान्तिकारी) कर्णाली: मनसिंह शाही अध्यक्ष, प्रमुख सचीवमा नारायण के.सी !

राजनीति समाचार


भाद्र ३१ सोमबार,२०८१/काठमाडौं-
अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समिति मनसिंह शाहीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

सुर्खेतको बिरेन्द्रनगरमा सोमबार प्रमुख अतिथिमा माओवादी केन्द्रका कर्णाली प्रदेश सह-इन्चार्ज टेक बहादुर बस्नेत रहेको दोस्रो सम्मेलनबाट मनसिंह शाहीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

यसैगरी उपाध्यक्ष पदमा हिक्मत बहादुर शाही,हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट,टिकाराम बि.क,प्रकाश बि.क र मनिसा चन्द रहेका छन ।

त्यस्तै प्रमुख सचीवमा नारायण के.सीले जिम्मेवारी हासिल गरेका छन भने सचीवमा विष्णु भण्डारी, पदम शाही र सुक्रराज रावल रहेका छन । साथै भुवन गौतम कोषाध्यक्ष भएका छन र कार्यलय सदस्यमा जयकृष्ण जैसी र गणेश अधिकारी छन ।