असोज ६ आइतबार,२०८१/काठमाडौं-
व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन ।
व्यवसायी प्रसाईं आइतबार आफ्नो निजी निवास भक्तपुरबाट पक्राउ परेका हुन । पक्राउ परेपछि आक्रोसित हुँदै उनले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने उदघोष गरेका छन् ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका प्रसाईंलाई समाचार तयार पार्दा सम्म स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको साइबर ब्यूरो श्रोतले जनाएको छ ।
उनको घरको गेट न खुलेपछि पर्खाल नागेर प्रहरी भित्र प्रवेश गरेको थियो ।
