पुर्व अर्थ मन्त्री जनार्दन शर्माद्वारा रुकुम पश्चिममा गाराघाट मोटरेबल पुल उद्घाटन !



असोज ६ आइतबार,२०८१/रुकुम पश्चिम-
पुर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमस्थित गाराघाट मोटरेबल पुल उद्घाटन गरेका छन ।

आइतबार पुर्व अर्थ मन्त्री जनार्दन शर्माले राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ र बाँफिकोट गाउँपालिका-१० जोड्ने गाराघाटको मोटरेबल पुल उदाघाटन गरेका हुन ।

शर्माले पुल उद्घाटनपछि सम्बोधन गर्दै ढिलै भएपनि गाराघाट मोटरेबल पुल निर्माणले कृषि लगायतको सामाग्री ढुवानीमा सहजता हुने र यातायातमा पहुँच हुने बताए । उनले पुल नजिकै निर्माणाधीन जलविद्युत कम्पनीहरुलाई पनि सो पुल निर्माणले मद्दत पुर्याउने बताए ।

‘यस्ता खाले पुर्वाधार बिकासले स्थानिय जनताको आर्थिक स्थरउन्नतीमा टेवा पुर्याउन जरुरी छ र शिक्षाको स्थर प
नि बिग्रन दिनु भएन । बिकासलाई सहि हकमा उपलब्धीमुलक बनाउनु पर्छ,’ उनले थपे ।

सडक डिभिजन कार्यालय चौरजहारीले आर्थिक वर्ष २०७२/०७३ मा सो पुल निर्माणको ठेक्का खोलेको थियो ।

पुलको डिजाइन नै फेरबदल गर्नुपर्ने अवस्थाका कारण निर्माणमा ढिलाइ भएको चौरजहारी सडक डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर तेजस्वी शर्माले जनाएका थिए ।

उदघाटन कार्यक्रममा प्रदेश पुर्व अर्थ मन्त्री महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद पन्त लगायत जिल्लाका स्थानिय तहका प्रमुखहरुको उपस्थित थियो ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार
अरु पनि पढ्नुहोस्