समयमा उद्धार न हुँदा नख्खु खोलामा ४ जना बेपत्ता !

राजनीति समाचार

असोज १२ शनिबार,२०८१/ललितपुर-
ललितपुरमा समयमा उद्धार न हुँदा अविरल वर्षाका कारणले आएको
नख्खु खोलाको बाढीले ४ जना बेपत्ता बनाएको छ ।

शनिबार करिब ९ बजे नख्खु खोला बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एक बच्चा रहेका छन् ।

उनीहरु सुरुमा टिनले बनेको घरको छानामा चढेर उद्धारको आसमा बसेका थिए । तर अन्त्यता कतैबाट पहल न भएपछि उर्लिएर आएको भेलले उनीहरुलाई बगायो ।