असोज १२ शनिबार,२०८१/ललितपुर-
ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार भएको छ ।
ललितपुर महानगरपालिका १४ नखिपोट नजिकैबाट शनिबार बिहान नख्खु खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएका ४ जना मध्ये ३ जनाको सकुशल उद्धार भएको हो ।
रौतहट घर भएका राज साहको परिवार उक्त दुर्घटनामा परेका थिए । उद्धार हुनेमा उनकी श्रीमती र ६ वर्षकी छोरी रहेका छन ।
एक जना भने अझै बेपत्ता रहेको र खोजकार्य जारी रहेको ललितपुरका एसएसपी शेखर खनालले जानकारी गराएका छन । उनीहरुको अहिले ललितपुरकै पाटन अस्पतालमा उपचार भई रहेको छ ।
उनीहरू बिहान बाढीको बहाव बढे पछि आफुहरु बसेको टिनको घरको छानामाथी गएर बसेका थिए । तर समयमै उद्धार न भएपछि उनीहरुलाई खोलाले बगाएको थियो ।
काठमाडौं उपत्यकामा मात्र बाढीको कारणले कम्तीमा २१ जनाको मृत्यु भई सकेको छ ।
