नख्खु खोलामा ३ जनालाई बचाउने चनिकलाल तामाङ सहिद परिवार हुन !

राजनीति समाचार

असोज १२ शनिबार,२०८१/ललितपुर-
नख्खु खोलामा आएको बाढीमा बगेका ४ जना मध्ये ३ जनालाई उद्धार गर्ने चानिकलाल तामाङ सहिद परिवार हुन ।

शनिबार बिहान टिनले बनेको घरको छानामा निकै समय उद्धारका लागि कुरेर खोलाले बगाएपछि उनीहरुलाई उद्धार गर्ने चनिकलाल तामाङ सहिद चन्द्र तामाङ’सुक्र’का भाई हुन ।

काभ्रे तेमाल गाउँपालिका-९ घर भएका उनका दाई ‘सुक्र’ जनयुद्धका क्रममा सत्ता पक्षबाट मारिएका थिए । उनी आफू पनि नेकपा माओवादी केन्द्रको तेमाल गाउँपालिका पार्टी सदस्य हुन ।

उनी पेशाले पेन्टर भएको र आज दिन पानी परेकोले काममा न गयी घरमै बसेको बेला बाढीको अवस्था हेर्न त्यहाँ पुगेका थिए ।

सरकारबाट कुनै पहल हुन्छ कि भनेर उनी पनि कुरेर बसेका थिए तर ती ब्यक्तिहरु बग्न थाले पछि उनले खोलामा हामफालेका थिए ।