राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी

राजनीति समाचार

असोज २१ सोमबार,२०८१/काठमाडौं-
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।
सोमबार भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको हो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता थियो ।