
असोज २७ आइतबार,२०८१/केरला-
भारतीय वायु सेनाका ४ जनाको शव ५६ वर्षपछि भेटिएको छ ।
केही दिनअघि सेनाले चार जनाको शव भेटाए पछि परिवारजनले केही राहत मह्सुस गरेका थिए ।
सन् १९६८ मा गम्भीर मौसमी समस्याका कारण हिमाली क्षेत्रमा सम्पर्कबिहिन भएको इन्डियन एअर फोर्सको आईएएफ एएन–१२ नामक
विमानमा १०२ जना सवार थिए ।
भारतको हिमाञ्चल राज्यबाट भारत प्रशासित काश्मीरसँग जोड्ने रोहताङ भञ्ज्याङ माथिबाट उड्ने क्रममा उक्त विमान हराएको थियो ।
सन् २००३ मा पर्वतारोहीको एउटा समूहले यात्रुमध्येका एकजनाको शव फेला पार्यो।
त्यसपछिका वर्षहरूमा सेनाको खोजी दलले थप आठ शव फेला पार्यो भने सन् २०१९ मा पहाडमा विमानको भग्नावशेष भेटियो ।
जस मध्ये थोमस चेरिअन पाँचमध्ये परिवारको दोस्रो सन्तान थिए र बेपत्ता हुँदा केवल २२ वर्षका थिए । उनी लेहको हिमाली क्षेत्रमा आफ्नो पहिलो ‘फिल्ड पोस्टिङ’मा जान उक्त विमानमा सवार भएका थिए।
सन् २००३ मा पहिलो शव भेटिएपछि मात्रै चेरिअनको नाम बेपत्ताको सूचीबाट हटाएर मृतकको सूचीमा चढाइएको थियो ।
उनका आमा बुवा केही बर्ष अघि पिरमै बिते ।
चेरिअनको बर्दीमा नाम लेखेको ‘ट्याग’ थियो । ‘थोमस सी’ लेखिएकामा थर जनाउने ‘सी’ मात्रै बुझिने अवस्थामा थियो । उनको खल्तीमा भएको कागजातले उनको पहिचान गर्न सजीलो भयो ।
चेरिअनसहित नारायण सिंह, मल्कान सिंह र मुन्शिराम नाम गरेका अन्य तीनजनाको शव ‘ढाका ग्लेसिअर’ नजिकै समुद्री सतहबाट १६ हजार फिटको उचाइमा फेला परेको थियो ।
