सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौला विरुद्ध दुई उजुरी !

राजनीति समाचार

असोज ३० बुधबार,२०८१/काठमाडौं-
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ ।

निरौला बिरुद्ध एउटा इमेलबाट र एउटा लिखित रूपमा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जनाएकी छन ।

उजुरीका लागि मङ्गलवारसम्म समय रहेको थियो ।

अर्का प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी परेको छैन । गत असोज १५ गते सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

निरौलाविरुद्ध एउटा उजुरी सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता गरेको बिसयमा छ भने अर्को उजुरी मुख्य रजिस्ट्रारबाट सिधै आएको र अन्य योग्यलाई छोडेर सर्वोच्च ल्याइएको भन्ने रहेको छ । सर्वोच्च अदालतको भवन निर्माण गर्दा महाअभियोग लागेर निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वमा थिए भने मुख्य रजिस्ट्रारको रूपमा उनी थिए ।

उनी राणाकै समयमा उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस पनि भएका थिए ।

सर्वोच्च अदालतमा अझै पनि चार पद रिक्त रहेको छन ।