सहकारी ठगीको आरोपमा पक्राउ परे रवी लामिछाने !

अर्थ राजनीति समाचार

कार्तिक २ शुक्रबार,२०८१/पोखरा-
सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन ।

लामिछानेलाई शुक्रबार सूर्य दर्शन सहकारीमा ठगी गरेको आरोपमाकाठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरि स्थलमार्गबाट पोखरा तर्फ लगिएको हो ।

आजनै उनका सहकर्मी छविलाल जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिन म्याद थपेको छ ।

उनीसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । यसरी सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ गर्ने यो पहिलो पटक भएको बताइएको छ ।

लामिछाने सहित विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ हर्ने अनुमति दिइएको हो ।

यस अघि पनि उनी पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको बिषयमा २०७६ श्रावणमा अनुसन्धानका लागि पक्राउ परेका थिए ।

पत्रकार पुडासैनीले चितवनको एउटा होटेलमा लामिछानेले आफुलाई आत्म हत्या गर्न बाध्य पारेको भन्दै मर्नु अघि फेसबुकबाट लाइभ गरेका थिए ।

यसैगरी उनी सहित गोर्खा मिडियाका सञ्चालकहरुमाथी सहकारी ठगी मात्र न भई सम्पत्ति शुद्धीकरणको विषयमा पनि अनुसन्धान हुने देखिन्छ ।

उता कतिपयले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले अहिले चर्चाको शिखरमा रहेको आफ्नो पार्टी कार्यलय निर्माणका लागि बिवादास्पद ब्यक्ति भाटभटेनी सुपर मार्केटका मालिक मीन बहादुर गुरुङले किर्तिपुरमा जग्गा उपलब्ध गराएको घटनालाई विषयान्तर गर्न आजै लामिछानेलाई पक्राउ गरेको बताउछन ।