इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु !

विश्व समाचार

कार्तिक १९ सोमबार,२०८१/इन्डोनेशिया-
इन्डोनेशियाको पुर्वी भेगमा ज्वालामुखी विस्फोट हुँदा दस जनाको मृत्यु भएको छ ।
सोमबार बिहान स्थानीय समय अनुसार पुर्व नुसा तेङगारा प्रान्तमा ११:५७ बजे फ्लोरस टापुमा रहेको माउन्ट लेवोटोबी लकी-लकी विस्फोट भएको अधिकारीहरुले जनाएका छन ।

विस्फोट भएको ज्वामुखीबाट निस्केको लावा वरीपरी रहेका गाउँहरुमा ४ किमी सम्म फैलिएको थियो, जसले धेरै घरहरु जलेका थिए ।

लगत्तै ७ किमी पर सम्मका घरहरुलाई खाली गरिएको थियो ।

प्रभावित स्थानीयहरुलाई २० किमी टाढा सम्म सारिएको छ, स्थानीय अधिकारीहरुका अनुसार ।