कार्तिक २३ शुक्रबार,२०८१/काठमाडौं-
भुकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोटका नेता तथा जनप्रतिनिधिहरुले राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशकलाई भेटेका छन ।
पुर्व अर्थ मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ को नेतृत्वमा नेपाली काङ्ग्रेसका सांसद कृष्ण बहादुर रोकाय, नेकपा एमाले चन्द्रबहादुर बिश्वकर्मा, मैना कार्की र कर्णाली का पुर्व मुख्य मन्त्री राजकुमार शर्मा लगायत रुकुम पश्चिम र जाजरकोटका पालिका प्रमुख ज्युहरुको उपस्थितिमा जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाको भुकम्प क्षतिग्रस्त क्षेत्रमा स्थायी आवास पुनर्निर्माण र अस्थायी आवासको दोस्रो किस्ताको रकमको विषयमा गम्भीर ढङ्गले छलफल भएको थियो ।
भुकम्प पीडितहरुले यसपालिको दोस्रो दशै तिहार पनि टहरामै मनाउन बाध्य भएका थिए ।
कार्तिक १७ २०८० मा जाजरकोटको रामीडाँडामा ५.७ म्याग्नीच्युटको भुकम्प गएको थियो र वरपरका जिल्लाहरु पनि प्रभावित हुन पुगेका थिए ।