माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित, सोमबार बिहान बस्ने !

राजनीति समाचार

कार्तिक २५ आइतबार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।
आइतबार दिउँसो आज ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक तय भए पनि अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सोमबारलाई बोलाइएको छ ।

उनी वाइसीएलको सम्मेलनका लागि शुक्रबार मकवानपुर पुगेका थिए ।

पार्टी केन्द्रिय कार्यालयका सचिव डोर प्रसाद उपाध्यायका अनुसार पदाधिकारी बैठक अब भोलि सोमबार बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने भएको छ ।

बैठकका मुख्य विषय आसन्न स्थानीय उपनिर्वाचन, केन्द्रिय समिति बैठकका एजेन्डा तथा समसामयिक राजनीति रहेका छन ।