
कार्तिक २५ आइतबार,२०८१/पोखरा-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि १३ दिन हिरासतमा राख्ने भएका छ ।
आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसैगरी सोही सहकारी मुद्दामा पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।