कात्तिक २६ सोमबार,२०८१/काठमाडौ-
नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन एक्लै लडने र आवश्यक परेमा समाजाबादी मोर्चा भित्रै तालमेल गर्ने भएको छ ।
सोमबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सत्ता साझेदार दलहरूसँग स्थानीय चुनावी तालमेल न गर्ने निर्णय गरेको हो ।
आसन्न स्थानीय तह उपनिर्वाचन केन्द्रित पदाधिकारी बैठकमा मुख्यतः आफ्नो बलबुतामा चुनाव लडने सारसहितको सुझाव प्रस्तुत भएको पार्टीका सह महासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ ले द वाकर अनलाइनलाई जानकारी गराए ।
समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दल सामेल भए पनि उपेन्द्र यादवको जसपा खासै सकृय छैन ।
स्थानीय तह उपनिर्वाचनलाई सबै राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएको बेला माओवादी केन्द्रले पुरै चुनावमा होम्मीनेगरी कार्ययोजना बनाइएको छ ।
त्यसैगरी बैठकको अर्को एजेन्डा पार्टीको केन्द्रिय समिती बैठक रहेको थियो । सो विषयमा केन्द्रिय समितिको बैठक पुष २ बस्ने तय गरिएको छ ।