मङ्सिर ४ बुधबार,२०८१/पुर्वी रुकुम-
रुकुम पुर्व पुथाउत्तरगङ्गा-२ को स्थानीय तह उपनिर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका जगत घर्ती अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन् ।
सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त गठवन्धनका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध भएका हुन ।
घर्तीको विजयसँगै माओवादी केन्द्रले स्थानीय उपनिर्वाचनमा खाता खोलेको हो ।
यस अघि पनि वडा माओवादी केन्द्रलेनै जितेको थियो र अध्यक्षको दुर्घटनामा मृत्युु भएकोले सो पद रिक्त भएको थियो ।