
पुष ३ बुधबार,२०८१/काठमाडौं-सरकारले भारतका लागि नेपाली राजदूतमा डा.शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा.नेत्र प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शर्मा र तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन् ।
कुटनैतिक नियुक्तिको प्रक्रिया अन्तर्गत उनीहरूको संसदीय सुनुवाइ पूरा भएर एग्रिमो आएपछि नियुक्ति भएको हो ।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरेका हुन ।
भारतका लागि यसअघि पनि शर्मानै राजदूत रहेका थिए भने तिम्सिना नयाँ हुन ।