
पुस २४ बुधबार,२०८१/काठमाडौं-
नेकपा एमालेले केन्द्रिय समितिको बैठकबाट तीन महिने गाउँ पस्ने कार्ययोजना बनाएको छ ।
पुस २१ देखि २३ गते सम्म बसेको एमाले केन्द्रिय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै गाउँ पस्ने वडा केन्द्रित कार्यायोजना बनाएको हो ।
एमालेका नेता कार्यकर्ताहरू माघ देखि चैत्रसम्म गाउँ पस्ने कार्ययोजना रहेको छ ।
अध्यक्ष ओलीद्वारा प्रस्तुत ४७ पृष्ठ लामो राजनितिक प्रतिवेदन उपर छलफल भएको थियो ।
यस दौरान पार्टी संगठन बिस्तार, पार्टी सदस्यता नविकरण लगायतका कार्य सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।