अमेरिका बसेका नेपालीहरुको सीप र अनुभव नेपालमा प्रयोग गर्ने वातावरण राज्यले बनाउनु पर्छ: नारायण कडेल (६ प्रश्न)

अन्तर्वार्ता अन्य अर्थ राजनीति समाचार

पुस २ बुधबार,२०८१/काठमाडौं-
(अमेरिका लामो समय बसेर प्रवास संगठनमा रहेर काम गर्दै आएका नेता नारायण कडेलसँग वाकर अनलाइन प्रतिनिधि रचना राना मगरले गरेको कुराकानी ‘६ प्रश्नका लागि’)

१.यहाँ अमेरिका बस्नु हुन्छ कुन जिम्मेवारीमा हुनुहुन्छ ?
-म जनप्रगतिशिल मंन्च अमेरिकाको पुर्बअध्यक्ष, एनआरएन आइसिसिको हाल सल्लाहकार रहेर पश्चिम प्रदेश प्रवास संगठन समितिको सहसंयोजक भएर काम गरि राखेको छु ।

२.यहाँको गृह जिल्ला कुन हो?
-मेरो गृह जिल्ला चितवन हो र हाल म टेकसास डालसमा बस्छु । अहिले त्यहाँ ब्यबसाय पनि गरेको छैन । मेरो छोराहरुले गर्दछन र म अब त्यहाँको व्यवसायलाई तत्काल अहिले चाहिँ छोडेर नेपालमै व्यावसाय गर्ने र बाँकि एक खालको रिटाएर लाईफ पनि बाच्न चाहन्छु । त्यसैले नेपालमै अब बाकी जीवन बिताउने सोच बनाएको छु ।

३.त्यसो भए अब यतै बस्नु हुन्छ ?
-नेपाल फर्किने योजना बनाएको छु । र म नेपालमै मेरो उताको २० बर्षको ज्ञान,सीप र अनुभव प्रयोग गर्न चाहन्छु । साथै उता कमाएको रकम पनि नेपालमै कुनै ब्यबसायमा खर्छ गर्ने सोचमा छु ।

४.नेपाल अहिले के कस्तो कामले आउनु भएको हो त ?
-अहिले हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक थियो । त्यसका साथ साथै अघि मैले भनेझै नेपालमा पनि सानो तिनो व्यावसायमा आवद्ध छु र त्यसैको शिलशिलामा यश पटक आउने कार्यक्रम बन्यो ।

५.त्यहाँ बस्न लागेको कति भयो र नेपालीलाई दु:ख पर्दा के कस्ता सहयोग गर्नु हुन्छ?
-अमेरिकामा बस्न लागेको करिब करिब २० बर्ष भयो । र त्यहाँ चाहिँ नेपालीहरुका थुप्रै संघसंगठनहरु छन । एनआरएन लगायत विभिन्न संघ संगठनसँग आवद्ध भएर हामीले नेपालीहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने गर्दछौ । र नेपालीहरुका बिचमा राम्रो सम्बन्ध कायम गर्ने प्रयास गर्छौं । त्यस्तै गरि नेपालमा आपत बिपत परेको बेलामा बिशेष गरेर जैविक प्रकोपको बेलामा बाढी पहिरोको अबस्थामा होस त्यस्तो बेलामा साथीहरूको बीचमा सल्लाह गरेर आर्थिक सहयोग पठाउने काम गर्छौं ।
हाम्रो संगठनले सामान्यतया नेपालीहरुलाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्दछ अथवा विभिन्न कारणले उहाँहरुलाई सम्बन्धित निकायमा कुरा गराएर समाधान गर्छौं । कतिपय नेपालीहरुको मृत्युु भएपछि लास फर्काउने अथवा हामी मिलेर दाहसंस्कार गर्ने प्रमुख काम भएको छ । काम खोजीदिने र बिद्यार्थीहरुको हकमा हाम्रै साथीहरुको व्यवसायमा वा अरु स्थानमा लगाउने गर्छौं । र बिरामी परेको बेला औषधी उपचार र सल्लाह दिने काम हुन्छ ।

६.डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुलाई नेपाली समुदायले कसरी हेरेको छ ?
-राष्ट्रपति डोनाल्ड ट्रम्पको यो दोस्रो कार्यकाल हो । अमेरिकामा भन्दा पनि नेपालमा रहेका नेपालीहरुको यो बिषयमा बढी चासो रहेको मैले पाए । पहिले देखिनै अमेरिकामा बसोबास गर्दै आएका न्र्पालीहरुले चिन्ता गर्नु पर्दैन किन भने उहाँहरु मजबुत डोक्युमेन्ट सहित बसोबास गर्दै कुनै व्यवसाय वा काम गर्दै आउनु भएको छ । तर अब पनि प्रक्रिया मिलाएर नियम संगत तरिकाले जाने नेपालीलाई पनि कठिन हुँदैन । तर बिना कानुनी कागज तथा प्रक्रिया अब पुग्ने नेपालीहरुलाई सहज हुँदैन । अवैधानिक रुपवाट अमेरिका प्रवेशमा गिरावट पनि आएको पाइन्छ । त्यस्तै वैधानिक ढंगले काम गर्नका लागि अनुमती दिन तथा स्थायी रुपमा बसोबास गर्न योग्य बन्ने प्रक्रियामा पनि कठिनाई छ । यसैगरी अध्ययन गर्न आएका विद्यार्थीहरुले अनुमती वेगर पनि काम गरिरहेको अवस्था छ, यसमा कडाई हुनेछ, जसले विद्यार्थीहरु प्रभावित हुनेछ ।
डाईभरसिटी भिसा पनि बन्द हुनेछ, यसको असर नेपालीलाई पनि पर्नेछ । चेन प्रक्रिया मार्फत परिवारसमेत लैजान मिल्ने व्यवस्था उल्टाउने भनिएकोछ, यसले पनि असर गर्नेछ । ग्रिनकार्ड प्राप्त गरेकाले अमेरिकी नागरिकता प्राप्त गर्नका लागि राखिएको आवासीय समय सिमा बढाउने चर्चा छ, यसले पनि प्रभाव पार्नेछ ।
यी सबै गर्नका लागि पहिला भन्दा राष्ट्रपतिलाई अझ सहज हुने देखिन्छ । कार्यकारी राष्ट्रपति भएपनि तल्ला सदन र सिनेटको पनि भूमिका रहन्छ, यहाँ पनि रिपब्लिकन बहुमतमा रहेकाले सहज छ, कोर्टमा पनि अवस्था नै सहज देखिन्छ । अवका नितिहरु आप्रवासी प्रति अनुदार नहोला भन्न सकिदैंन । यसैबीच कतिपयले ट्रम्पको उदयपछि अर्थतन्त्रमा सुधारको आशा गरेका छन । तर म के भन्न चाहान्छु भने लामो समयदेखि अमेरिकामा बसेका नेपालीहरुले आफ्नो सीप र अनुभव नेपालमा लगाउदै रोजगारी सृजना गर्नु पर्छ । त्यसकालागि उनीहरु फर्किने अनुकुल वातावरण राज्यले पनि तयार पार्नु पर्छ ।