अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न सूचना दिनेलाई २ करोड ५० लाख डलर दिने घोषणा !

अन्तर्वार्ता राजनीति विश्व समाचार

पुस २७ शनिबार,२०८१/अमेरिका-
अमेरिकाले भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि शपथ लिएका निकोलस मदुरोलाई पक्राउ गर्न सूचना दिनेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकाले गत शुक्रबार छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपतिको हैसियतले शपथ लिएका मदुरोलाई लागु पदार्थ तस्करी तथा भ्रस्टाचारको आरोप लगाउदै आएको छ ।

यसैगरी भेनेजुएलाका आन्तरिक मामिला मन्त्री दियोस्तादो कबेलोलाई पक्राउ गर्न सघाउने सूचना दिने वा उनी दोषी ठहर हुनसक्ने सूचनाहरू दिनेलाई पनि अमेरिकाले पुरस्कार घोषणा गरेको छ।

साथै रक्षामन्त्री भ्लादिमिर पद्रिनोबारे सूचना दिनेलाई अर्को एक करोड ५० लाख अमेरिकी डलर पुरस्कार तोकिएको छ ।

बेलायत र युरोपियन युनियनले पनि उनीहरुमाथी प्रतिबन्ध प्रतिबन्ध लगाएको छ ।

मदुरो सन २०१३ देखि सत्तामा उदाएका हुन ।

यसैबीच प्रमुख प्रतिपक्ष दलका नेताहरुले आफ्नो उम्मेदवार एडमुन्डो गोन्जालेज निर्वाचन बहुमतका साथ जितेको भन्दै अमेरिका लगायत ठुला ठुला देश्हरुले पनि आफुहरुलाई समर्थन रहेको बताएका छन ।

गोन्जालेज अहिले देश बाहिर रहेको बताइन्छ तर उनी छिट्टै देश भित्र आएर वर्तमान गैरकानुनी सरकारलाई ढाल्ने उद्घोष गरेका छन ।

राष्ट्रपती मदुरोले भने आफुमाथी षडयन्त्र भई रहेको बताउदै भेनेजुएलाको जनताले जिताएकोले अरुको प्रभावमा न पर्ने बताएका छन ।

उनले कतिपयले आफ्नो देश विरुद्ध आर्थिक युद्ध थोपर्न खोजेको भन्दै उद्घाटन सम्बोधन गर्दै भने,” अमेरिकालाई प्रतिशोध लिन आउदैन ” ।

उनले अमेरिकी प्रतिबन्ध अवैध र साम्राज्यवादी भएको आरोप समेत लगाउँदै आएका छन् ।

शपथ ग्रहणका क्रममा मदुरोले आफ्नो आगामी छ वर्षको कार्यकाल “शान्तिको समय” हुने बाचा गरेका छन् ।

मदुरोको पदबहालीमा क्युवा र निकरागुआका राष्ट्रपति मात्रै उपस्थित थिए भने इरान, चीन र रुसको उनलाई समर्थन रहेको छ ।

गएको जुलाईमा भएको निर्वाचनबाट ६२ वर्षका मदुरो निर्वाचित घोषणा भए पनि विपक्षी दलहरूले निर्वाचन परिणाम स्वीकार गरेनन् ।

स्पेनमा शरण लिइरहेका उनी यही ज्यानुअरीमा आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अमेरिका भ्रमणमा गएका थिए ।