नारामा कमल बहादुर ठकुरीको अध्यक्षता ७ सदस्यीय केन्द्रिय कार्यसमिति !

पर्यटन राजनीति समाचार


पुस २८ आइतबार,२०८१/काठमाडौं-
जलयात्रा व्यवसायी हरुको संस्था नेपाल एशोसियसन अफ राफ्टिङ एजेन्सिज (नारा)मा कमल बहादुर ठकुरीको अध्यक्षता ७ सदस्यीय केन्द्रिय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

काठमाडौं को ठमेलस्थित मर्स्याङ्दी होटेलमा भएको ३६ औं साधरण सभाबाट एड्भेन्चर रिभर ट्रेल प्रालिका ठकुरीमा नयाँ नेतृत्व चयन भएको हो ।

यसैगरी उपाध्यक्षमा हिमालयन रिभर अपरेटर्स नेपाल प्रालिका शुक बहादुर लामा, महासचिवमा नेभिगेट आउटडोर्स प्रालिका चुरामणि अर्याल, सचिवमा कर्णालि राफ्टिङ एन्ड एड्भेन्चर प्रालिका संचालक देवराज जैशी र सह-कोषाध्यक्षमा लस्ट प्याडल प्रालिका गोविन्द पाठक निर्वाचित भएका छन ।

साथै सद्स्यहरुमा बिग स्माईल नेपाल प्रालिका बिष्णु गुरुङ र एम बिएस राफ्टिङ प्रालिका सन्चिव कुमार तामाङ रहेका छन भने एक जना कोषाध्यक्ष पछि चयन हुने जनाइएको छ ।

नारा ५० बर्ष अघि गठन भएको ईजाजत प्राप्त राफ्टिङ व्यवसायी हरुको व्यवासयिक हक हितको लागि गठित संस्था हो ।