ठमेल पर्यटन परिषदले त्यस स्थानलाई सुरक्षित र मर्यादित बनाउने भुमिका खेल्दछ: विमल धमला, उपाध्यक्ष

अन्तर्वार्ता पर्यटन राजनीति समाचार

माघ १२ शनिबार,२०८१/काठमाडौं-
(ठमेल पर्यटन परिषदका उपाध्यक्ष विमल धमलासँग दवाकर प्रतिनिधि रचना राना मगरले ‘६ प्रश्न’का लागि गरेको कुराकानी)
यहाँ ठमेल पर्यटन परिषदमा कहिले देखि हुनु हुन्छ?
-मेरो ठमेल पर्यटन परिषदमा दोस्रो उपाध्यक्षको रूपमा दोस्रो कार्यकाल हो । २०१४ बाट नै म समग्रमा यसमा जोडिएर आएको हो । तर उपाध्यक्षको हिसाबले यो मेरो दोस्रो कार्यकाल हो ।

कति बर्षको कार्यकाल हुन्छ ?
– २ बर्षको कार्यकाल हुन्छ र हरेक २ बर्षमा चाहिँ निर्वाचन हुन्छ । निर्वाचन प्रक्रियाबाट नयाँ कार्य समिति बन्ने प्रक्रिया हुन्छ ।

ठमेलमा पर्यटकहरुलाई घुम्न सहज बनाउन के कस्ता कदम चाल्नु भएको छ ?
-हाम्रो संगठन ठमेलमा रहेका विभिन्न मुर्त तथा अमुर्त सम्पदाहरुलाई र यहाँका स्थानीय घर धनी र व्यवसायीबिचमा भएका जति पनि समस्याहरुलाइ राज्यको निकाय सम्म पुर्‍याउने र त्यसलाई सहजीकरण गर्ने भुमिकामा हुन्छौं । तसर्थ अब यसको ठमेलमा कसरी बिकास गर्न सकिन्छ भन्ने हो । र कसरी सुरक्षित र मर्यादित बनाउन सकिन्छ भनेर नै ठमेल पर्यटन परिषदले भुमिका खेल्दछ ।

यहाँको कार्यकालमा के कस्ता महत्वपूर्ण कार्य भएका छन ?
-अघिल्लो कार्यकालमा चाहिँ हाम्रो कार्य समितिले ठमेलको गुरु योजना तयार गर्ने, ठमेलको सम्पदाहरुको विषयमा अध्ययन गर्ने, व्यवसायी र घर धनीहरुका विभिन्न समस्याहरुलाई राज्यका विभिन्न निकाय सम्म पुर्याएर त्यसलाई सहजीकरण गर्ने काम गर्छ भने अब अहिलेको कार्य समितिले चाहिँ ठमेलमा कसरी पर्यटन मैत्री वातावरण सृजना गर्न सकिन्छ भनेर हामी लागि रहेका छौँ । ठमेल पर्यटकीय स्थल मात्र न भएर यहाँ विभिन्न जात्राहरुको परापुर्व कालदेखि आयोजना हुँदै आएको छ । यहाँ ठवही भन्ने स्थान छ जहाँ विहारहरुको पनि मुख्य विहार रहेको छ, जसलाई बिक्रमासिल महाविहार भनिन्छ ।

यहाँको संस्थामा महिलाहरुको उपस्थिति कस्तो छ त ?
-निश्चित रूपमा केही महिला प्रतिनिधिहरु पनि हाम्रो संस्थामा हुनुहुन्छ । तथापि यो चाहिँ व्यवसायी घरधनीहरुको साझा संस्था भएकोले निर्वाचन प्रतिक्रिया अन्य प्रतिक्रियाहरुमा महिलाहरु अलि कम सहभागी हुने हुँदा न्यून नै छ ।

काम गर्ने क्रममा मुख्य समस्या के के छन ?
-हाम्रो संस्थाको उदेश्य र हामीले गर्ने कार्यहरु भनेको नै निदान हो । यसैगरी कर्मचारीहरुको मानव अधिकार सुरक्षा, देशको बिकास लगायतका काम गर्ने हुँदा त्यहाँ भित्र रहेका विभिन्न चुनौतीहरु प्रशस्त पाइन्छ । नयाँ नयाँ टेक्नोलोजी र अबधारणाले नयाँ नयाँ समस्याहरु पनि सृजना गरि राखेको अवस्था हुन्छ । त्यसो भएको कारणले गर्दा अब त्यस्ता चुनौतीहरु त पछिल्लो क्रममा ठमेल क्षेत्र भित्र अलिकति ध्वनि प्रदुषण, व्यापक रूपमा ट्राफिक बढने जस्ता समस्याहरु चाहिँ यहाँको स्थानीय घर धनी र व्यवसायीहरुले भोग्नु परेको छ ।

रात्रीकालिन सेवा कत्तिको सुरक्षित छ ?
-रात्रीकालिन व्यवसायका हिसाबले हामीले सबै व्यवसायीहरुलाई सहभागी नै बनाएर उहाँहरुले गर्नु पर्ने काम उत्तरदायीत्व विषयमा जानकारी गराउछौ नै । तथापि त्यसमा रातिको समयका हुने कारणले गर्दा केही छिटपुट मात्रामा मादक पदार्थको सेवनकर्ताहरुको समस्या देखिन्छ ।

आफ्ना साधारण सदस्यहरुलाई के कस्तो सहयोग हुन्छ ?
-हामीले उहाँहरुलाई पर्ने विभिन्न मुख्यतः सरकारी निकाय र यहाँको व्यवसायीहरुलाई घर धनीहरुसँग कुनै एक खालको समस्याहरुमा या व्यवसायीहरुको व्यवसाय कार्य स्थलमा बोल्ने विभिन्न समस्याहरुमा चाहिँ उहाँहरुसँग सहकार्य गर्ने उहाँहरुसँग नजिक पुग्ने र त्यसलाई अलि व्यवस्थित गर्नका लागि सहयोग पुर्याइ राखेका छौ ।

भविष्यमा अन्य कार्य योजनाहरु के कस्ता छन ?
-हामीले ठमेललाई चाहिँ एउटा जिवन्त र यहाँ रहेका माैलिक संस्कृति सम्पदाहरुलाई पनि पर्यटनको एउटा हिस्साको रूपमा लैजानको लागि पहल गरेका छौ । हाम्रो कार्यकालमा मुख्यतः यहाँको सम्पदाहरु पर्यटनसँग जोडने र स्थानीयहरु बस्न योग्य वातावरण बनाउने उदेश्य छ । ठमेललाई एउटा पर्यटन मैत्री पर्यटकिय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेका छौ ।

थप केही छ कि ?
-ठमेल पर्यटन बिकास परिषद एउटा नितान्त गैर नाफा मुलक संस्था हो । यो एउटा voluntary organization हो । यसले क्षमताले भ्याए सम्म स्थानीय घरधनीको र व्यवसायीहरुको अधिकारको संरक्षण गर्ने र त्यसको संरक्षणका लागि विभिन्न निकायहरुसँग सहकार्य गर्ने र समाधान खोज्ने कार्य गर्दछ । र आगामी दिनहरूमा पनि यहाँका स्थानीयहरुको र व्यवसायीहरुको विभिन्न माैलिक अधिकारलाई संरक्षण गर्दै ठमेललाई पर्यटनकिय क्षेत्रको रूपमा प्रबर्द्धन गर्नका लागि लागी रहने छौँ भन्ने विश्वास व्यक्त गर्न चाहान्छौ ।