
माघ १६ बुधबार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना मगर विजयी भएकी छिन् ।
बुधबार सम्पन्न मतगणनामा मगरले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राईले ५४५ मत हासिल गर्दै विजयी भएका छन ।
यसैगरी खस आर्य सचिवमा जितेन्द्र भण्डारी सफल भएका छन भने छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर जीत हात पारेका छन ।
त्यस्तै जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् भने दलिततर्फ आशा उपरकोटीले ७४६ मत ल्याएर विजय प्राप्त गरेका छन ।
मधेसी सचिवमा अमर मण्डल र जनजाति सचिवमा युन्छो हाङग माबोले बाजी मारेका छन ।
पदको नतिजा आउन बाकी छ ।
