प्रचण्डको सचिवालयको जिम्मेवारी गोविन्द आचार्यलाई !

अन्य राजनीति समाचार


माघ २१ सोमबार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयको जिम्मेवारी गोविन्द आचार्यलाई तोकिएको छ ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले आचार्यलाई सो जिम्मेवारी दिएको हो ।

नेपाल पत्रकार महासंघ र प्रेस सेन्टर नेपालका अध्यक्ष समेत रहेका आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा दुई पटक प्रेस सल्लाहकारको भुमिकामा रहेर काम गरि सकेका थिए ।

यस अघि सचिवालयमा रहेका रमेश मल्लले बिशेष प्रदेशको सह-इन्चार्जको जिम्मेवारी पाएका छन ।