संसदमा बिहीवारको बैठकमा प्रचण्डले बिशेष समयमा बोल्ने !



माघ २३ बुधबार,२०८१/काठमाडौं-
संसदको बिहीवार हुने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल ‘प्रचण्ड’ले विशेष समयमा प्रमुख प्रतिपक्षको हैसियतले जोडदार सम्बोधन राख्ने कुरा छ ।

माघ १८ गते संसद बैठकको पहिलो बैठकमा प्रधानमन्त्री केपी ओलीको सम्बोधन पछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रचण्डलाई सम्बोधन गर्ने न दिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई समय दिएका थिए ।

घिमिरेले प्रचण्डलाई २० मिनेटको समय तोकेपछि असन्तुष्टि जनाउँदै उनले प्रमुख सचेतक हितराज पाण्डेलाई पठाएका थिए ।

यसैबीच माओवादी केन्द्रले संसद्को पहिलो दिन भएकोले आफुले संयम अपनाएको जनाएको छ । माओबादी केन्द्रले विपक्षी दलहरूसँग मिलेर सरकारका गलत कार्य तथा हेपाहा प्रवृत्तिका विरुद्ध कडा रुपले उपस्थिती जनाउने बताइएको छ ।

झन्डै पाँच महिनापछि संसद्को हिउँदे अधिवेशन सुरु भएको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधबार
अरु पनि पढ्नुहोस्