यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउन बनेको हो: प्रचण्ड

अन्य राजनीति समाचार

माघ २९, मङ्गलबार, २०८१-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले
वर्तमान सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको बताएका छन ।

मङ्गलबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको सातौं बैठकका लागि सुर्खेतको राजधानी बिरेन्द्रनगर पुगेका प्रचण्डले पत्रकारहरुसँग बोल्दै सरकार भ्रष्टहरूको भएको बताएका हुन ।

त्यस्तै प्रचण्डले माओवादीको ध्यान अहिले सरकारमा जाने नरहेको स्पष्ट पारे । उनले यो सरकार जति समय गए पनि आफुलाई टेन्सन न भएको उल्लेख गरेका छन ।

त्यस्तै उनले सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थितिमा नरहेको पनि बताएका छन् । उनले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश नै गलत रहेकोमा जोड दिए ।

दुई तिहाइको अहङ्कारलाई राष्ट्रिय सभाले धक्का दिएको भन्दै बहुमतलाई पेलेर जान सक्ने अवस्थामा पनि सरकार न रहेको बताए ।