सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास ६.१ म्याग्निच्युडको भूकम्प !



शुक्रबार, १६ फागुन २०८१
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पबाट भएको थप क्षतिको विवरण सङ्कलन गरि रहेको छ ।

हाल सम्म खासै धेरै क्षतिको विवरण प्राप्त न भए पनि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक जना कैदी बन्दी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताएका छन ।

त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ ।

बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार
अरु पनि पढ्नुहोस्