अमेरिकाबाट कागजात बिनाका ८ नेपाली स्वदेश फर्काइए !

राजनीति समाचार

फागुन २१ बुधबार,२०८१/काठमाडौं-
अमेरिकामा बस्दै आएका कागजात बिनाका ८ जना नेपालीहरुलाई स्वदेश फर्काइएको छ ।

बुधबार डिपोर्ट भएका ८ जना नेपालीहरु ग्रिफान एयरको चार्टर विमानमार्फत बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

प्रहरीलाई जिम्मा लगाइएका अवैध तरिकाले तलको बाटोबाट विभिन्न देश हुँदै अमेरिका पुगेका उनीहरुले;कति रकम तिरेर कुन दलाल मार्फत त्यहाँ पुगेको लगायत बिषयमा बिस्तृत जानकारी लिनका लागि मानव बेचबिखन ब्युरोमा लगिएको छ ।

उनीहरुलाई हातमा हत्कडि र खुट्टामा साङ्लोले बाधिएको थियो भने खाने बेलामा पनि त्यस्तै असहज परिस्थितिमा राखिएको थियो ।

उनीहरू करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए भने दलालहरुलाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।

‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरू अमेरिका पुगेका थिए’, सोधपुछमा संलग्न एक अधिकृतले भने, ‘तर, त्यहाँ पुगेलगत्तै समातिएका रहेछन् ।’

पछिल्लो ६ वर्ष यता २ सय ६२ जना नेपाली अहिले सम्म डिपोर्ट भएका छन् ।