स्ववियु निर्वाचन: रुकुम पश्चिमका चार क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध अध्यक्ष !

राजनीति समाचार

फागुन २७ मंगलबार,२०८१/रुकुम पश्चिम-
रुकुम पश्चिमका विभिन्न क्याम्पसमा आसन्न स्ववियु निर्वाचनलाई लक्षित गर्दै गरिएको उम्मेदवारी दर्ताका क्रममा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पोल्टामा चार वटा अध्यक्ष निर्विरोध भाग परेको छ ।
मंगलबार अखिल क्रान्तिकारी रुकुम पश्चिम्साले सार्वजनिक गरेको जानकारी अनुसार चौरजहारी नगरपालिकास्थित शितल क्याम्पसमा प्रकाश डाङ्गी, त्रीवेनी गाउँपालिकास्थित सिम्रुतु क्याम्पसमा दिपेन्द्र ओली, आठबिसकोटस्थित राडीज्युला शिक्षा क्याम्पसमा सुप्रिम वली निर्विरोध अध्यक्ष निर्वाचित भएका छन ।

यसैगरी जिल्लामा बाकी रहेका ३ वटा जहारी क्याम्पस, बाफिकोट र मुसिकोटस्थित क्याम्पसहरुमा अरुको उम्मेद्बारी फिर्ता न भएको खण्डमा चैत्र ५ गते हुने निर्वाचन पनि आफुहरुको पक्षमा प्रतिफल आउने अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य निराजन केसीले जनाएका छन ।
यसअघि जिल्लामा रहेका ७ वटा क्याम्पस मध्ये ६ वटा अखिल क्रान्तिकारीले आफ्नो झन्डा गाडन सफल भएको थियो ।
अखिल क्रान्तिकारीले निर्वाचन केन्द्रित रहेर विभिन्न क्याम्पसमा फोकल पर्सन तोकेको थियो ।
हाल सम्म देशै भरी १९ वटा क्याम्पसमा