प्रहरी महानिरीक्षकमा दिपक थापा !

अन्य राजनीति समाचार

चैत्र ४ सोमबार,२०८१/काठमाडौं-
नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक दीपक थापाको बढुवा भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीको ३१ औँ महानिरीक्षकमा थापालाई बढुवा गर्ने निर्णय गरेको हो ।

आजै बसन्तबहादुर कुँवर सो पदबाट अनिवार्य अवकाशमा जाने निश्चित भए पछि मन्त्रिपरिषद बैठकमा नयाँ महानिरीक्षकबारे निर्णय भएको थियो । यद्यपि बैठकमा महानिरीक्षक नियुक्त गर्ने एजेण्डा भने नियमित सुचीमा न भएर अतिरिक्तमा थियो ।

महानिरीक्षकका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए । सुदीप गिरी पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन ।

महानिरीक्षक बनेका थापाको सबै दलहरुसँग राम्रै भएको बताइन्छ ।

२०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए । दोस्रो वरियतामा रहेका गिरी र तेस्रो वरियतामा रहेका तामाङ २०७९ चैत २४ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए ।