
चैत्र ५ मंगलबार,२०८१-
के रुखहरु पनि मानिस जस्तै हिंड्न सक्छन त ? कहिले यो प्रश्न तपाइँको मनमा आएको छ ? हाम्रो पृथ्वीको गर्भमा थुप्रै पत्यार न लाग्ने तर यथार्थ कुराहरु लुकेर बसेका छन । ‘वाकिङ पाम’ अर्थात हिँड्ने पामको रुख भनेर चिनीने पाम प्रजातीको रुख भने वास्तवमै हिंड्न् सक्छ ।
यो रुख एक ठाउँबाट आफुलाई अनुकुल लाग्ने नजिकैको अर्को ठाउँ तर्फ सर्न सक्छ । साधारणतया रुखका जराहरु माटोमुनी हुन्छन तर सोक्राटे एक्झोरिजा नामक उक्त रुखका जरा माटो भन्दा कैयौं फिट बाहिर पनि फैलिएका हुन्छ्न । यी जराहरु सुर्यप्रकाश तर्फ लम्किने क्रममा नजिकै वरपर सर्दै जान्छन र पछाडिको भागतिर रहेका पुराना जराहरुको उपयोगीता सकिए पछि माटो बाहिर निस्किएर बिस्तारै सुकेर हराउँछन । त्यसैले यी रुखहरु हेर्दा आफ्नै खुट्टामा उभिएका जस्ता देखिन्छन ।
यी रुखहरु मध्ये तथा दक्षिण अमेरिकाका उष्णकटिबंधीय वर्षावनमा पाइन्छन । बिज्ञहरुका अनुसार यी रुख दिनमा दुई देखि तीन सेन्टिमिटर वरिपरि सर्ने गर्छन । सन १९८० मा पहिलो पटक जोन एच बोडलीले यस घुमन्ते रुखका विषयमा एउटा जर्नलमा उल्लेख गरेका थिए । यसरी यी रुखहरु आफुलाई अनुकुल हुने स्थान तर्फ सर्दै जाने भएकोले बिस्तारी हिंड्ने गरेका हुन्छ्न ।