चैत्र १० आइतबार,२०८१/काठमाडौं-
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्ने भए नयाँ पार्टी खोले हुने भन्ने बिचार व्यक्त गरेका छन ।
कांग्रेस सभापति देउबाले आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताउदै राजनीति गर्ने नै भए नयाँ पार्टी खोल्न सुझाव दिएका हुन ।
देउबाले राप्रपाले बरु शाहलाई आफ्नो पार्टीको सभापति बनाए हुने समेत उल्लेख गरेका थिए । यद्यपि उनले ‘त्यो पार्टीकाले पनि दुःख पाउँछन् विचराहरूले । राप्रपाले पनि दुख पाउँछ,’भनेर थपेका थिए ।
साथै उनले राजाका विरुद्धमा बोल्दा आफुलाई जेल हालिदिएको पनि स्मरण गरेका थिए ।
‘मैले यीनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन्,’ देउवाले दाबी गरे ।
