असोज २८ मंगलबार,२०८२/काठमाडौं-
नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउबाले सभापति पद छोडेका छन ।
मंगलबार केन्द्रिय समितिको बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेता देउबाले कांग्रेसका अर्का नेता पुर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन ।
बैठकका लागि देउबा दम्पती पार्टी कार्यालय पुगेको थियो । यसअघि उपमहामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा विशेष महाधिवेशनका लागि विधान मै व्यवस्था भएको आन्तरिक रुपमा हस्ताक्षर संकलनमा लागेका थिए ।
देउबाको नेतृत्व त्यागले अन्य दलमा पनि पुस्तान्तरण हुन अब सहज हुने विश्लेषण गरिदै छ ।
यसैगरी आज देउबा बाहिरिने निर्णय सहित स्थगित भएको केन्द्रिय समितिको बैठक असोज ३० गते दिउँसो एक बजेका लागि तोकिएको छ ।
