देउवा दम्पति थप उपचारका लागि सिंगापुर प्रस्थान !

राजनीति समाचार

कार्तिक १० सोमबार,२०८२/काठमाडौं-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमती सहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्

सोमबार राती ११ बजेको उडानबाट देउवा दम्पती थप उपचारका लागि सिंगापुर तर्फ लागेको हो ।

उनीहरूको जेनजी आन्दोलनमा प्रदर्शनकारीको कुटपिटबाट घाइते भए पछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको थियो ।

गत भाद्र २४ मा बूढानीलकण्ठस्थित आफ्नै निवासमा घाइते भएका सभापति देउबाको गर्दनमा १२ टाँका लगाइएको बताइन्छ ।

केही समय अघि मात्र देउवाले नेता पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति बनाएका थिए ।