सरकारले ११ देशका राजदूतहरु फिर्ता बोलाउने !

राजनीति समाचार

असोज ३० बिहीवार,२०८२/काठमाडौं-
सरकारले ११ देशका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाबाट गएका बाहेकका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सो अनुसार चीनका नेपाली राजदूत कृष्ण प्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्र कुमार घिमिरे, जापानका डा. दुर्गा बहादुर सुवेदी, जर्मनी डा.शैल रूपाखेती, इजरायलका डा. धन प्रसाद पण्डित, मलेसियाका डा.नेत्र प्रसाद तिमल्सिना, कतारका रमेश चन्द्र पौडेल, रुसका जंग बहादुर चौहान, साउदी अरबका नरेश बिक्रम ढकाल, स्पेनका सनिश नेपाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सोही अनुसार उनीहरुलाई २० कात्तिक भित्र फर्कन निर्देशन दिने तयारी रहेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन ।

यस अघिको केपी ओली सरकारले उनीहरूलाई नियुक्त गरेको थियो ।