
चैत्र ६ बुधबार,२०८१/फ्लोरिडा-
अन्ततः अन्तरिक्षमा आठ दिनका लागि गएका नासाका दुई अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिनापछि पृथ्वीमा फर्किएका छन ।
अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू १७ घण्टाको लामो यात्रापछि त्यहाँ फर्किन सफल भएका हुन । नासा श्रोतका अनुसार फ्लोरिडाको तटीय क्षेत्रमा उनीहरूले अवतरण गरेको र स्वास्थ्य अवस्था ठिक रहेको छ ।
गत जुनमा अन्तरिक्षमा पुगेका उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि त्यहाँ फसेका थिए र उनका परिवारजन तथा अन्तरास्ट्रिय समुदाय नै चिन्तित भएका थिए ।
उनीहरु बेलाबखत सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर पनि निस्किने गर्थे र स्पेस वाकको आनन्द लिएर आफुलाई तनावमुक्त राख्दै ब्यस्त रहने प्रयास गर्थे ।
यसबीच उनीहरुले राष्ट्रपति निर्वाचनमा मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरुको अनुभव लिएका थिए । साथै पृथ्वीबाट प्राप्त हुने धेरै सन्देशहरुले आफुहरु घरमै भएको अनुभव पनि महसुस भएको र उत्साह थपिएको पनि उनीहरु बताए ।
अब यति लामो समयपछि पुनः हिंड्न् प्रयास गर्ने पनि रमाइलो हुने उनीहरुको सोच रहेको छ ।
स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ। उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्छ ।