चैत्र ८ शुक्रवार,२०८१/काठमाडौं-
चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारीले अखिल (क्रान्तिकारी) प्रवेश गरेका छन ।
अधिकारीलाई बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र भरतपुरकि मेयर रेनु दाहालले आफ्नो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा स्वागत गरेका हुन ।
‘स्ववियु निर्वाचन विजय पश्चात, म स्ववियुको सभापतिको रुपमा रहि क्याम्पसको हितको लागि सम्माननीय पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र आदरणीय विकासप्रेमी सफल मेयर रेनु दाहाल ज्युको उपस्थितिमा अखिल (क्रान्तिकारी) मा समाहित भएको तथापि हाम्रो संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसारनै मैले विध्यार्थी हकहितको लागि लड्ने कुरा प्रण गर्दछु,’ अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।
अधिकारीले स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए पनि अब उपरान्त उनले अखिल क्रान्तिकारीको विधि विधानमा रही काम गर्ने र आम विध्यार्थीका हकहितका लागि समर्पित भएर काम गर्ने बताएका छन ।
अधिकारीले ७८ मत हासिल गरेका थिए भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका विशाल पोखरले ५४ मत प्राप्त गरेका थिए ।
