लोडसेडिङ हुने भन्दै आतंकित पार्ने उर्जा मन्त्री खड्कालाई बर्खास्त गरियोस : माओवादी सांसद ज्ञानु बस्नेत

अन्य अर्थ राजनीति समाचार


चैत्र ८ शुक्रवार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्रकि सांसद ज्ञानु बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ हुने भनेर जनतालाई आतंकित पार्दै दलाल र बिचौलियालाई पोस्ने काम गरेकोले
बर्खास्त गर्नु पर्ने माग गरेकि छिन ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माओवादी सांसद बस्नेतले
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ छैन र भविष्यमा पनि हुँदैन भनी रहदा मन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताएकी हुन ।

सांसद बस्नेतले नेपालमा लोडसेडिङको अन्त्य माओवादीले नियुक्त गरेका कुलमान घिसिङले न गरेको भन्दै भारत र नीजी कम्पनीहरुका कारणले भएको सम्म भनेको प्रति आक्रोश पनि ब्यक्त गरिन ।

उनले यसरी प्राधिकरणलाई ध्वस्त बनाउने षड्यन्त्रमा मन्त्री खड्का आफै संलग्न देखिएको पनि दाबी गरिन ।