राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु !

राजनीति समाचार

चैत्र १५ शुक्रवार,२०८१/काठमाडौं-

राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले एक घरमा आगजनी गरेपछि भिडियो खिच्न गएका सुरेश रजकको जलेर मृत्यु भएको हो ।

एभिन्युज टेलिभिजनका पत्रकार रजक भवनको चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । सुरुमा त शवको पहिचान भएको थिएन तर पछि मात्र रजकको भएको पुष्ठि भएको थियो । नेपाली पत्रकार जगत सो घटनाले शोकमा डुबेको छ ।

त्यसैगरी प्रदर्शनका क्रममा कीर्तिपुर नगरपालिका–४ का सविन महर्जनको पनि मृत्यु भएको छ ।