आफुलाई राजाबादी आन्दोलनको कमान्डर भन्ने दुर्गा प्रसाई फरार !

राजनीति समाचार

चैत १६ शनिबार,२०८१/काठमाडौं-
आफुलाई राजाबादी आन्दोलनको कमान्डर भन्ने दुर्गा प्रसाईं फरार भएका छन ।

शुक्रवार साझ राजाबादीहरुको आन्दोलनले बिकराल रुप लिएपछि प्रहरीले त्यसको नेतृत्व गर्नेहरुलाई पक्राउ गर्न थालेपछि आफुलाई जहाँ बोलाइन्छ त्यहीँ पुग्ने भनेका दुर्गा प्रसाईं फरार भएका हुन ।

प्रहरीले प्रसाईंको खोजी तीव्र पार्दै ३ युनिट खटाएको छ ।

व्यवस्था उल्टाउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँ यतिबेला फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

प्रहरीले हिजो तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकै सटरमा लुकेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट भागेका थिए ।

उनी ललितपुरतर्फ गएकोले उनको त्यहाँ बढी खोजकार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा सहभागी अर्को आयोजक समूह ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

यसअघि हिजै राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्र, प्रमुख सचेतक धवल शमशेर राणा लगायत आधा दर्जन जति राजाबादी नेताहरुलाई पक्राउ गरीएको छ ।