
चैत्र १६ शनिबार,२०८१/काठमाडौं-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको पक्षधरहरु सडकमा न उत्रिएको भए अझै आततायीघटनाहरु घटाउने षडयन्त्र रहेको दाबी गरेका छन ।
राजधानीमा शनिबार आयोजना भएको प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले झण्डै एक लाखको संख्यामा जनतालाई नउतारेको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको कमिटमेन्ट नदेखाएको भए अझै ठुला आततायी घटना घटाएर देशलाई प्रतिक्रान्तिक्क पराकाष्ठामा पुर्याउने षड्यन्त्र रहेको बताए ।
अध्यक्ष प्रचण्डले गणतन्त्रबादीहरुको एकताका लागि सही आचरण हुनु पर्ने निरंकुशता जस्तो न हुनु पर्ने जोडदार रुपले राखे । जनताकाआकाङ्क्षा र चाहनातिर फर्किएपछि मात्र एकता हुने बताए ।
राजाबादीहरुको आन्दोलनमा हिजो पत्रकार सुरेश रजकलाई निकै निर्ममतापुर्वक हत्या गरिएको भन्दै प्रचण्डले बिगतका दिनहरुमा पनि
तानाशाहीहरुले प्रेसलाई नै निशाना बनाउने गरेको उल्लेख गरे ।
‘समाजलाई पछि धकेल्ने प्रवृत्तिका विरुद्धमा उभिएकोमा पत्रकार साथीहरुलाई धन्यवाद दिन चाहान्छु । गणतन्त्रको रक्षाका लागि महत्वपूर्ण भुमिका खेल्न कुनै कन्जुस्याइँ न गर्नु होला,’ उनले भने ।
रोल्पाको इरिबाङबाट भुमिगत कालमा स्थापना भएको क्रान्तिकारी पत्रकार संघ यहाँ सम्म आएको जिकिर गरे ।