
चैत्र २० मंगलबार,२०८१/गुजरात-
भारतको गुजरात राज्यस्थित पटाका उद्योगमा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन ।
गुजरात राज्यको बनासकाँठा जिल्लाको डिसा नगरमा मंगलबार बिस्फोट पछि पटाका उद्योग भवनको छाना भत्किएर खसेको पछि मृत्यु हुनेहरुको संख्या बढेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश उद्योगका कामदार रहेको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् । मृत्यु हुने कामदार अधिकांस मध्य प्रदेशका भएको बुझीएको छ ।
गुजरातका मुख्य मन्त्री भुपेन्द्र पटेलले मृतकका परिवार तथा घाइतेहरुलाई क्षतिपूर्ती दिने घोषणा गरेका छन् ।
दीपक ट्रेडर्सको नामले दर्ता भएको सो उद्योगले प्रहरी र पेट्रोलिअम तथा बिस्फोटक सुरक्षा संगठनबाट नवीकरणका लागि
स्वीकृति न पाएकै अवस्थामा संचालन गरेको बनासकाँठाका एसपी अक्षेराज मकवानाले जनाएका छन ।
‘अनुसन्धानका लागि पाँच वटा प्रहरी टोलि परिचालन गरिएका छन र उनीहरुलाई आवश्यकता अनुसार गुजरात राज्य बाहिर पनि पठाइएको छ,’ एसपी पटेलले जनाए ।
सो उद्योगले अवैध रुपले विभिन्न स्थानमा पटाका बिक्री केन्द्र पनि संचालन गरेको थियो ।
भारतमा थुप्रै गैरकानुनी पटाका कारखाना र गोदामहरू संचालनमा रहेका कारणले बर्सेनि सैयोले ज्यान गुमाउने गरेका छन ।